१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री बेपत्ता हुनुभो, संसद्‍लाई महत्त्व दिनुभएन: नेपाल

 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले संसदलाई महत्व नदिएको आरोप लगाएका छन् । 

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा सहभागी हुँदै नेपालले यस्तो आरोप लगाएका हुन्।

 ‘प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छ,’ अध्यक्ष नेपालले भने, ‘तर, अहिले यो हलबाट बेपत्ता हुनुहुन्छ ।उहाँले संसदलाई महत्व नदिनुभएको जस्तो लाग्यो ।’ छलफलमा ओलीको पूरा उपस्थिति आवश्यक रहेको नेपालले बताए । ‘सबैका विचार र धारणा सुन्ने धैर्यता राख्नुपथ्र्याे । सायद अरूका बचन सहन नसक्ने हो कि ! तर, कसैबाट बचन कटु निस्केका छैनन् । मेरा पनि कर्णप्रिय नै होलान् । 

मैले मात्र उपस्थितिका निम्ति सम्झाउन खोजेको हो,’ उनले भने । प्रस्तावमाथिको छलफलमा नेपालले सम्बोधन गरिरहेको बेला प्रधानमन्त्री ओली सभा हलमा थिएनन् ।सोही कुरालाई लक्षित गर्दै नेपालले यस्तो आरोप लगाएका हुन्।

प्रकाशित: ६ श्रावण २०८१ १६:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App