१० भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउँछाैं: मन्त्री राणा

नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणाले परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लैजानुपर्ने बताएकी छिन्।

सोमबार मन्त्रालयको पदभार ग्रहण गरेसँगै उनले यस्तो बताएकी हुन्। आफूले पाएको जिममेवारी इतिहासकै पहिलो ठूलो जिम्मेवारी भएको भन्दै यसलाई सही रुपमा सदुपयोग गर्दै लैजाने बताइन्।

उनले नेपाल कसैको पराधिन भएर नबसेको भन्दै यही अवस्थालाई भावी पुस्तासम्म लैजान आवश्यक रहेको जिकिर गरिन्।

देशको समृद्धिमा परराष्ट्र मन्त्रालयको भुमिका उल्लेख्य रहेको बताउँदै उनले भनिन् "देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठूलो भुमिका खेल्न सक्छ। विभिन्न देशसँग पनि हामीले दौंत्य सम्बन्ध राखेका छौँ। यसलाई अझ प्रभावकारी बनाउनु पर्नेछ।"

मन्त्री डा. राणाले विदेशमा गएका नेपालीहरुलाई परेको समस्या समाधानमा पनि मन्त्रालयले विशेष चासोका साथ काम गर्ने प्रतिवद्धता जनाइन्। उनले हमास आक्रमणमा बेपत्ता विपिन जोशीको खोजि गरी फिर्ता ल्याउन पहल गर्ने पनि सुनाइन्।

प्रकाशित: ३१ असार २०८१ १७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App