प्रधानमन्त्री पुष्पकमल दाहालले देश प्राकृतिक प्रकोपमा परिरहेका बेला सत्ताको विडम्बनापूर्ण खेल भएको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
बिहानै आएका दुखद घटनाका कारण शुक्रबार बिहान मात्रै केही दिन बैठक सारौँ भन्ने सोच आएको पनि प्रधानमन्त्री दाहालले बताए।
‘मैले एक मनले सोचेको थिएँ बिहान। दुईवटा बस बगेको, कास्कीमा ११ जनाको मृत्यु भएको, अन्य घटना भएको बेलामा आज नै मैले विश्वासको मत माग्न उचित हुन्छ होला कि हुन्न,’ उनले भने, ‘तर दुईवटा दल मिलेको, छिटोभन्दा छिटो सरकार बनाउन खोजेको अवस्था छ। त्यसमा पनि हिजो प्रमुख सचेतक मार्फत दुई घण्टा बैठक सारौँ भन्दा नहुनेदेखेपछि सायद मैले केही दिन सारौँ भन्दा अर्को अर्थ लाग्ने देखेपछि सभामुखसँग यो कुरा गरिनँ।’
प्रकाशित: २८ असार २०८१ १२:१२ शुक्रबार