३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुकुलको आरोप–आजको रविलाई प्रचण्ड,ओली र देउवाको शैली मन पर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट बर्खास्तीमा परेका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले सभापति रवि लामिछाने पहिलेको रवि लामिछाने नरहेको आरोप लगाएका छन्।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै ढकालले आजको रवि लामिछानेलाई पुरानै नेताको शैली मन पर्ने बताएका हुन् । 

‘रवि लामिछानेलाई प्रचण्डको शैली मन पर्छ । कता न कता केपी ओलीको शैली मन पर्छ,’ ढकालले भने,‘देउवाको नेतृत्वमा सरकार बन्ला कि,  ७६ (३) सरकार बन्ला कि, कतै टुसुक्क सरकारमा जान पाइएला कि भनेर अझैसम्म पनि सरकारमा टाँस्सि रहनु भएको छ । कता न कता उहाँलाई देउवाको शैली मन पर्छ ।’

प्रचण्ड, देउवा र ओलीको शैली मन पर्नेलाई मुकुल ढकालको शैली बालापन लाग्न सक्ने उनले बताए । ‘लागोस् मलाई मतलब छैन,’ उनले भने ।

प्रकाशित: २६ असार २०८१ १५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App