२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको चेतावनी: शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्नुस्

नेपाली कांग्रेसकी सांसद शान्ती बि.कले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएकी छिन्।

सोमवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद वि.कले यस्तो चेतावनी दिएकी हुन्।

उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई दिएको बचनमा पूर्णरुपमा प्रतिवद्ध र स्पष्टता, छलकपट नगर्ने,आफ्नो बचनको महत्व बुझ्ने नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्ति भएको बताइन्।

उनले कांगे्रस सभापति देउवाको इमान्दारितालाई प्रधानमन्त्री दाहालले कमजोरी ठान्नु गलत भएको बताइन्। सत्ताको लागि सबैभन्दा पहिला बालकोटको बाटो देखाउने प्रधानमन्त्री प्रचण्ड नै भएको भन्दै देउवाको कुनै दोष नभएको बताइन्।  

उनले प्रधानमन्त्री दाहाल बालकोट र बुढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालनकोट जान नपाउने हो? भन्दै प्रश्न गरिन्।  

प्रकाशित: २४ असार २०८१ १३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App