२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

शिथिल अर्थतन्त्रलाई गति दिन नयाँ गठबन्धन: अध्यक्ष ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गति दिन नेपाली कांग्रेससँग नयाँ गठबन्धनको सरकार बनाउन लागिएको बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले रोकिएका विकास निर्माणलाई अगाडि बढाउन र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन लागिएको जिकिर गरेका हुन्।

मुलुकको सङ्कट समाधानका लागि कांग्रेसँग मिलेर सरकार बनाउन लागिएको बताउँदै उनले एमालेले कांग्रेससँगै मिलेर २०४६ सालको आन्दोलन र २०६२/०६३ सालको जनआन्दोलन गरेको स्मरण गरे।

सो पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परिसकेको वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आग्रह गर्ने निर्णय गरिएको बताए।

उनले प्रधानमन्त्रीलाई अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकारको प्रक्रियाालाई मार्गप्रशस्त गर्न आह्वान समेत गरे।

प्रधानमन्त्रीले यहि असार २८ गते विश्वासको मत लिँदै छन्। 

प्रकाशित: २३ असार २०८१ १९:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App