२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘दुई बुढा नेताहरूले व्यापारीको कोठामा बसेर गरेको सहमति देशले स्वीकार्नुपर्छ भन्ने छैन’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संविधान संशोधनको विषयमा सार्वजनिक रुपमा बहस गर्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद् झाले संविधान संशोधनका बुँदाहरुका बारेमा सार्वजनिक रुपमा बहश गर्नुपर्ने बताएका हुन्।

उनले दुई पार्टीका दुईजना वृद्ध नेताले व्यापारिको घरमा बसेर गरेको सहमति देशले स्वीर्कानुपर्छ भन्ने नरहेको जिकिर गरे।

उनले भने ‘संविधान संशोधनमा के–के बुँदा छ भनेर उहाँहरुले सार्वजनिक गर्नुपर्‍यो। सार्वजनिक गरेपछि त्यसलाई सार्वजनिक रुपमा वहश पनि गर्नुपर्‍यो। दुईवटा पार्टी र दुईवटा वृद्ध कुनै व्यापारीको कोठामा बसेर गरेको सहमतीलाई देशले स्वीकार्नुपर्छ भन्ने छैन नि।’

उनले संविधान संशोधनले आगामी पुस्ताको जीवनमा समेत प्रभाव पार्ने भन्दै यो विषयमा सर्वपक्षिय वहश हुनुपर्ने बताए।

‘सार्वजनिक रुपमा बहश हुनुपर्‍यो। किनकी त्यसको प्रभाव त तपाईको जिन्दगीमा पनि पर्छ। तपाईंको आउने सन्तानको जिन्दगीमा पनि पर्छ। कुनै एउटा प्रायोजित व्यापारीको लाजिम्पाटको घरमा मध्यरातमा दुईवटा वृद्ध गएर हस्ताक्षर गरे भनेपछि सबैले मानिदिनु पर्छ भन्ने हुँदैन। सार्वजनिक रुपमा सर्वपक्षिय बहश हुनुपर्छ त्यसको।’

सांसद झाले जनतालाई ‘डेलिभरी’ दिन सकेमा कांग्रेस–एमाले समिकरणले निरन्तरता पाउने र नसकेमा अर्कोले पालो पाउने भन्दै यसमा आफूहरु दुःखि नभएको बताए।

प्रकाशित: २३ असार २०८१ १७:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App