१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादी सांसदको आरोपः शरणार्थी–गिरिबन्धु प्रकरण बाजी मार्न लबेदा सुरुवालमा छन्

नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले प्राकृतिक प्रकोपको हुण्डरीमा भुटानी शरणार्थी, गिरिबन्धुलगायतका प्रकरणले भद्रगोल मच्चाएर गोल गरेको भन्दै व्यंग्य गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद बरालीले यस्तो व्यंग्य गरेका हुन्।

‘प्राकृतिक प्रकोपले यति बेला हुण्डरी मच्चिएको छ। पहाडमा पहिरोको हुण्डरी मच्चिएको छ, तराईमा भेल बाढीको हुण्डरी मच्चिएको छ,’ सांसद बरालीले भने, ‘यता राजनीतिक वृत्तमा भने यस्तो हुण्डरी मच्चिएको छ, शान्त तलाउमा ढुङ्गा फालेर तरङ्ग फाल्ने काम भएको छ।’

जसले भुटानी शरणार्थी प्रकरण, गिरिबन्धु प्रकरण, जलहरी तथा सुन प्रकरण राष्ट्रिय हुण्डरी मच्चाएर बाजी मार्न लबेदा सुरुवालमा तयार रहेको भन्दै व्यंग्य गरे। ‘चाहे भुटानी शरणार्थी प्रकरण होस्, चाहे गिरिबन्धु प्रकरण होस्, चाहे जलहरी तथा सुन प्रकरण होस्, यस्ता राष्ट्रिय हुण्डरीमा भद्रगोलमा गोल गरेर बाजी मार्नका लागि लबेदा सुरुवालहरू तयार छन्। नेपाली जनताको जय होस्,’ सांसद बरालीले भने।

प्रकाशित: २३ असार २०८१ १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App