लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने भएको छ।
बुधबार बसेको पदाधिकारी बैठकले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो।
गठबन्धनमा समर्थन गर्ने निर्णय गरेपनि सरकारमा जाने नजाने भने कुनै निर्णय गरेको छैन्।
आजको बैठकमा अध्यक्ष महन्थ ठाकुरले पछिल्लो विकसित घटनाक्रम र मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे ब्रिफिङ गरेका थिए।
प्रकाशित: १९ असार २०८१ १७:१५ बुधबार