२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

१५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाको घोषणा

इटहरीमा पत्रकारहरूसँग कुराकानी गर्दै कांग्रेस नेता शशांक कोइराला । तस्बिर: अमर खड्का/नागरिक

इटहरी नेपाली कांग्रेसका नेता शशांक कोइरालाले १५औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । १३औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएका डा. कोइराला १४औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेर सर्वाधिक मत ल्याएका थिए ।  

१३औं महाधिवेशनमा तत्कालिन संस्थापन अर्थात् रामचन्द्र पौडेल समूहबाट विजयी भएता पनि सभापति शेरबहादुर देउवाको सहयोगी बनेको आलोचना खेपे ।  

डा. कोइरालाले बुधबार नेपाल प्रेस यूनियन सुनसरी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भने, ‘१५औं महाधिवेसनमा सभापतिमा उम्मेदवारी दिने योजना छ ।’ 

उनले सभापतिकै तयारीका लागि अहिले देश दौडाहामा लागेको खुलाए । ‘सभापतिमा उठ्दा साथीहरुसँग राय सुझाव लिन हिडिरहेको छु,’ उनले पत्रकार भेटघाटमा भने ।

नेता कोइरालाले आफू सभापतिमा निर्वाचित भएपछि पार्टीमा अहिले देखिएको समस्या समाधान गर्ने दाबी गरे । ‘म सभापति भएपछि प्रदेश र स्थानीय तहलाई बलियो बनाएर लैजानेछु,’ उनले भने, ‘अहिलेका सभापति शेरबहादुर देउवालाई सल्लाह दिँदा पनि कार्यान्वयन भएन् । उम्मेदवार छान्दा केन्द्रबाट चुन्ने र बजेट दिँदा पनि संघीय सरकारले निर्धारण गर्ने गरेको छ । यो गलत छ।’

उनले स्थानीय र प्रदेशको निर्वाचन हुँदा टिकट वितरण सम्बन्धित तहले नै गर्नुपर्ने बताए । ‘केन्द्रमा बसेर अरुले लादने होइन, संघीयता ग्रहण गर्न सक्नु प¥यो,’ उनले भने ।  

नेपाली कांग्रेसको विधानअनुसार वर्तमान सभापति देउवाको कार्यकाल ०८२ साल मंसिरमा सकिँदैछ । दुई कार्यकाल सभापति बनेका देउवा अब फेरि सभापतिको उम्मेदवार हुन पाउँदैनन् । जसले गर्दा यतिबेला उनले पनि आफ्नो उपयुक्त उत्तराधिकारीको रोजाईमा छन् । नेता कोइराला सभापति देउवाको रोजाईमा पर्ने आशामा छन् ।  

प्रकाशित: १९ असार २०८१ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App