५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी

उपप्रधान तथा गृहमन्त्री  रवि लामिछानेसमेत मुछिएको सहकारी ठगीसम्बन्धी मुद्दामा अहिले सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो।  

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । महान्यायाधीवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध कुनै पनि जिल्लामा अनुसन्धान, अभियोगपत्र र जाहेरी नभएको भनी क्लिनचिट दिएपछि उक्त पत्र खारेजीको माग गर्दै भट्टराईले मुद्दा हालेका हुन्। पहिला दरपिठ भएको उक्त रिट पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको आदेशमा दर्ता भएको हो ।  

बारम्बार स्थगित हुँदै आएको उक्त रिटको पछिल्लो सुनुवाइमा भने सर्वोच्चले पोखरा र लुम्बिनीबाट रिट निवेदनहरु झिकाउन आदेश दिदएको थियो। पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गरेको अध्ययन प्रतिवेदन पनि सर्वोच्च अदालत पुगेको छ । 

प्रकाशित: ७ असार २०८१ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App