२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

खेलकुद मन्त्रीलाई पौडेलको सुझाव: राजीनामा होइन बजेट वृद्धि गर्न लाग्नु

नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले राजीनामा पत्र लेखेर निरुत्साहित हुने भन्दा पनि मन्त्रालयमा बजेट वृद्धि गर्न लाग्न युवा तथा खेलकुद मन्त्रीलाई सुझाव दिएका छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा विनियोजित बजेटको युवा तथा खेलकुद मन्त्रालयगत छलफलमा माग लिँदै सचिव पौडेलले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई यस्तो सुझाव दिएका हुन्।

उनले युवा तथा खेलकुद मन्त्रालयमा कुल बजेटको ३ अर्ब ५० करोड बजेट प्रतिशतको हिसावले युवा तथा खेलकुद मन्त्रालयको बजेट थोरै भएको बताए। थोरै बजेटलाई वृद्धि गर्न लाग्नुपर्ने मन्त्रीले राजीनामा लेखेर निरुत्साहित हुन नहुने उनले उल्लेख गरे। उनले खेलकुद मन्त्री आफै युवा भएकोले युवा तथा खेलकुद क्षेत्रको विकासको लागि बजेट थप गर्नेगरी पहल गर्न आग्रह गरे।

मुलुकको कुल जनसंख्याको ठूलो हिंसा युवा भएको उनले बताए। उनले खेलकुद एक मात्रै विधा हो जसले मुलुकलाई एक ल्याउने बताए। उनले क्रिकेट वा फुटवलको क्षेत्रमा नेपालीहरु कुनै पनि मुलुकमा खेल खेल्न गए भने विश्वमा भएका नेपाली र मुलुकका राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै सर्वसाधरण समेत एक भएर हेर्ने र चासो प्रकट गर्ने बताए। उनले खेल जगतले अनुशासन भन्दा बाहिर रहेका क्षेत्रलाई समेत भाषा,संस्कृति,राष्ट्रिय एकतासहित सिङ्गो देशलाई जोड्ने बताए।

प्रकाशित: ५ असार २०८१ १४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App