२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसको प्रश्न–एमाले सदस्यता लिएपछि पूर्वराष्ट्रपतिले सुविधा लिन मिल्छ ?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ‘सदस्यता नवीकरण गरेको’ भन्ने विषय संघीय संसदमा उठेको छ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बुधवारको प्रतिनिधिसभा बैठकमा यो कुरा उठाएका हुन्।

‘पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नवीकरण गरेको कुरा आयो। सदस्यता नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन ?,’ सांसद खतिवडाले भने, ‘राज्यले त्योबारे के सोचेको छ ? सरकारले त्यसको जवाफ देओस्।’ संविधानमा भएको व्यवस्थाबमोजिम सरकारले जवाफ दिनुपर्ने खतिवडाले माग गरे।

सांसद खतिवडाले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा भइरहेको चर्चाको विषय पनि संसदमा उठाएका छन्। ‘अध्यक्ष नियुक्ति गर्न सत्तारुढ दलमा रस्साकस्सी पुगेको छ र कानुनी प्रक्रिया नपु¥याइ नियुक्ति अगाडि बढाइयो भन्ने सुन्नमा आएको छ। कानुन पालन गर्ने पद्धतिको विकास होस,’ उनले भने।

प्रकाशित: ५ असार २०८१ १३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App