१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

लिङदेनले बजेट पुस्तिका च्याते, कांग्रेस सांसद चौधरीले समर्थन जनाइन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आज प्रतिनिधिसभाको रोष्टममा उभिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका थिए।

यातायात मन्त्री रघुवीर महासेठले बजेट विनियोजनमा मनपरी गरेको भन्दै लिङदेनले बजेट पुस्तिका च्यातेका हुन्।

लिङदेनले बजेट पुस्तिका च्यातेको विषयमा नेपाली कांग्रेसकी एक सांसद्ले पनि समर्थन जनाएकी छन्। कांग्रेसकी सांसद चन्दा चौधरीले मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको भन्दै बजेट पुस्तिका च्यातेको विषयमा समर्थन जनाएकी हुन्।

‘पीडा छ। यो चाहीँ नगरौँ। संसदमा एउटा पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नुभयो। यो के राम्रो हो ? यो राम्रो होइन,’ सांसद चौधरीले भनिन्,‘तर उहाँको पीडा छ च्यात्नुहुन्छ। च्यातेको म समर्थन गर्छु। किनभने यो च्यात्नुपर्छ। तर एकजनाले च्यातेपछि सबैले च्यातेजस्तै भयो।’

मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रको लागि मात्रै मन्त्री बनेको हो ? भन्दै उनले प्रश्न गरिन। ‘के यसले देशको विकास हुन्छ ?’

सांसद चौधरीले कर्णालीको पुलमा दुई लाख र जनकपुरको एउटा वडामा एक करोड ७१ लाख हालेको विषयमा पनि प्रश्न उठाइन्। ‘कर्णालीमा दुई लाख पुलमा। जनकपुरको वडामा चाहीँ एक करोड ७१ लाख रुपैयाँ सडक बनाउन,’ उनले भनिन्, ‘मधेस प्रदेशमै ८ वटा जिल्ला छ, के जनकपुर सबभन्दा पिछडिएको जिल्ला हो ? होइन।’

प्रकाशित: ४ असार २०८१ १५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App