१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

बर्लिनको पर्खाल भ्रमणमा राष्ट्रपति पौडेल (तस्बिरसहित)

जर्मनी भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार बर्लिन पर्खालको अवलोकन गरेका छन्।  

प्रथम महिला सविता पौडेलसहित रहेका राष्ट्रपति पौडेलले तत्कालीन पूर्वी र पश्चिम जर्मनीबीचको भत्किएको बर्लिन पर्खालसहित ऐतिहासिक स्थलको अवालोकन गरेका हुन्।  

स्वीजरल्याण्डको जेनेभामा भएको ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटनसत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुगेका हुन्।

राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति इनमायरबीच वर्लिनमा सोमबार नै भेटवार्ता हुने कार्यक्रम छ।

प्रकाशित: ३ असार २०८१ १७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App