२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपा नेपालको महाधिवेशनः उपेन्द्रले प्रस्तुत गरेको राजनीति प्रतिवेदनमा छलफल जारी

जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशनको दोस्रो दिन मंगलबारको बन्दसत्रमा राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ ।

बन्दसत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादवले ३१ पृष्ट लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको सो पार्टीका प्रवक्ता मनीष सुमनले जानकारी दिए ।

महाधिवेशनमा १३ सय प्रतिनिधि छन् । प्रवक्ता सुमनले भने, ‘राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको छ । एउटा समूहमा १२० जना छन् । सबै समूहमा एउटा नेता तोकिएको छ । र, अहिले छलफल चलिरहेको छ ।’ समूहमा उठेका जिज्ञासा समूह नेताले प्रस्तुत गरिने उनको भनाइ छ ।

महाधिवेशनको तेस्रो दिन बुधवार नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अगाडी बढाइने जसपा नेपालले जनाएको छ । सम्भवतः सहमतिको प्रयास गरिने र नजुटे निर्वाचनमा जाने नेताहरु बताउछन् ।

महाधिवेशनले २०१ केन्द्रीय सदस्य र २० पदाधिकारी चयन गर्नेछ । जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ जना चयन .गर्नेछ । अध्यक्षमा उपेन्द्र यादव दोहोरिने लगभग निश्चित छ । पदाधिकारीमा आकांक्षी बढी रहेकाले सम्भवतः चुनाव गर्नुपर्ने देखिएको छ । 

प्रकाशित: २९ जेष्ठ २०८१ १६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App