२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने अर्थमन्त्रीको प्रतिवद्धता

अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताएका छन्। काठमाडौंमा मंगलवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने प्रतिवद्धता जनाए। तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? र कस्तो कस्तो खालको भुमिकामा रहन्छ ? भन्नेकुरा स्पष्ट रुपले सबैले बुझ्ने गरी नीति स्पष्ट गर्ने उनले बताए।

उनले नयाँ चरणको आर्थिक सुधारका लागि राजनीतिक नेतृत्व स्पष्ट रहेको बताए। उनले स्वदेशमै रोजगारको अवसर बनाउनसके अधिकांश नेपालीहरु स्वदेशमै काम गर्ने वातावरण बन्ने बताए।

उनले भने, ‘नयाँ चरणको एउटा आर्थिक सुधार जरुरी छ। त्यो बहस हुँदै आएको थियो। यस पटकको बजेटमा हामी नयाँ चरणको आर्थिक सुधार गर्छौं। तीन खम्बे अर्थनीति कस्तो हुन्छ? त्यसका मोडल के हुन्छन्? त्यो कसरी सँगै हिँड्छ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ? र कस्तो कस्तो खालको भुमिकामा रहन्छ? भन्नेकुरा स्पष्ट रुपले सबैले बुझ्ने गरी हामी नीति स्पष्ट गर्नेछौँ। संविधानले त्यो दिशा निर्देश गरिसकेको छ। त्यो हामीले अहिले प्रश्ताव गरेको नयाँ चरणको आर्थिक सुधार गर्दैछौँ। त्यसको लागि काम गर्छौं। राजनीतिक नेतृत्व स्पष्ट छ, कति मान्छेले भन्छन् नि विज्ञ राखेर, केही टेक्निकल मान्छेहरुले नीति बनाइदिएको होइन। नेतृत्वको भिजन, दृष्टिकोण चाहिन्छ यसमा । हामी स्पष्ट छौँ, तीन खम्बे अर्थनीति हुनेछ, निजी क्षेत्र त्यसमा अगाडि रहनेछ।’

प्रकाशित: २९ जेष्ठ २०८१ १३:०१ मंगलबार

#barsaman_pun