१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सुदूरपश्चिममा मन्त्रीपरिषद् विस्तार,सात जना मन्त्री थपिए

सुदूरपश्चिम प्रदेश सरकार बिस्तार भएको छ। प्रदेश सरकारमा सोमवार नेकपा एमालेबाट ३ र नेकपा माओवादी केन्द्रबाट ३ गरेर र नेकपा एकीकृत समाजवादीबाट १ गरी ७ जना मन्त्री थप गरिएका छन्।

नेकपा एमालेका सुरेन्द्र बहादुर पाल आर्थिक मामिला मन्त्री र नेकपा माओवादी केन्द्रका ओम प्रकाश भाट सामाजिक बिकास मन्त्री बनेका छन्। अन्य थप गरिएका ५ जना मन्त्रीको जिम्मेवारी तोकिएको छैन।

नेकपा एमालेका वीर बहादुर थापा र हिरासार्की बिना विभागीय मन्त्री बनेका छन्। यसै गरी नेकपा माओवादी केन्द्रबाट अक्कल बहादुर रावल, लक्ष्मी बि.क र नेकपा एकीकृत समाजवादीका माया पन्त बिना विभागीय मन्त्री बनेका छन्। नियुक्त भएका मन्त्रीलाई सोमवार नै प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।

मुख्यमन्त्री दिर्घबहादुर सोडारीले बिना विभागीय मन्त्रीलाई छिट्टै मन्त्रालयको जिम्मेवारी दिने बताएका छन् । मुख्यमन्त्री सोडारीले मन्त्रालय फुटाएर मन्त्रीलाई जिम्मेवारी दिने तयारी गरेको भन्दै सत्तारुढ दल भित्रै असन्तुष्टि देखिएको छ। स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा दत्त जोशीलाई मन्त्री बन्न प्रस्ताव गरिएको थियो। उनले मन्त्री बन्न अस्वीकार गरेको उनी निकट श्रोतले बताएको छ।

यस अघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी भौतिक पूर्वाधार मन्त्री र टिका थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका थिए।

गत बैशाख ६ गते प्रदेश प्रमुख नजिर मियाँले नेकपा एकीकृत समाजवादीका प्रदेश सभा संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। भने जेठ ३ गते सोडारीले विश्वासको मत लिएका थिए।

५३ प्रदेश सभा सदस्यीय सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, सभामुखसहित माओवादी केन्द्रका ११, एमालेका ११, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन्।

प्रकाशित: २८ जेष्ठ २०८१ १९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App