१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मार्सल लगाएर फणीन्द्र देवकोटाले गरे मतदान, सभामा एमालेको नाराबाजी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्।

नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का प्रदेश सभा सदस्य फडिन्द्र देवकोटाले फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका हुन्।

फ्लोर क्रस गरेर विश्वासको मत दिन लागेका बेला फडिन्द्र देवकोटालाई विपक्षी सांसदहरूले रोकने प्रयास गरेका थिए। तर मार्सल लगाएर सो प्रयास असफल पारिएको थियो।

मार्सल लगाएर फ्लोर क्रस गर्न दिएको भन्दै उनीहरुले कहिबेर नाराबाजीसमेत गरेका थिए। उनीहरुले दलीय व्यवस्था जिन्दाबाद, दल विरोधी गतिविधि मुर्दावाद, ह्विप उलङ्घन गर्न पाइँदैन लगायतका नाराहरू लगाएका थिए।

प्रकाशित: २८ जेष्ठ २०८१ १७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App