२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

स्वर्णजयन्तीमा कोरियाली दूतावासद्वारा हाजिरीजवाफ र वक्तित्वकला आयोजना

काठमाडौंमा रहेको दक्षिण कोरियाली दूतावासले नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको उपलक्षमा हाजिरीजवाफ र वक्तित्वकला प्रतियोगिता आयोजना गरेको छ ।  

स्वर्णजयन्तीको अवसरमा वर्षभरी नै विभिन्न कार्यक्रम गर्दै आएको दूतावासले कोरियाली भाषा, कोरियाको परिचय तथा संस्कृतिको अनुभूति गराउने उद्देश्य लिएको बताएको छ । दूतावासले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा ४५ र वक्तित्वकला प्रतियोगितामा १० जना सहभागी थिए । 

हाजिरीजवाफ प्रतियोगितामा धर्मराज लामा प्रथम भए । उनले यही वर्ष कोरियामा आयोजना हुने वक्तित्वकला प्रतियोगितमा भाग लिने अवसर पाएका छन्। 

हाजिरी जवाफमा विश्व भाषा क्याम्पसमा कोरियाली भाषा विषय अध्ययनरत विद्यार्थी तथा विभिन्न कोरियाली संस्थामा आवद्ध व्यक्तिहरु सहभागी थिए। 

यस्तै दुई देशबीच सम्वन्ध विस्तारमा युवापुस्ताको भूमिका सम्वन्धी शीर्षकमा भएको वक्तित्वकला प्रतियोगितामा आरती पौडेल प्रथम भइन् ।  

कार्यक्रमलाई सम्बोधन गर्दै कोरियाली राजदूतले दुई देशबीचको मित्रवत जनस्तरको सम्बन्ध दिनानुदिन सकारात्मक रुपमा विकास हुँदै गएको बताउँदै भविष्यमा पनि यस्ले निरन्तरता पाउने अपेक्षा व्यक्त गरे । 

प्रकाशित: २५ जेष्ठ २०८१ १७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App