२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गर्दैछौं : प्रधानमन्त्री

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिलाई प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गरिरहेको बताएका छन्।

शुक्रवार काठमाडौंमा नेकपा (माओवादी केन्द्र) समाज कल्याण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक क्षेत्रलाई उच्च महत्व दिएर हामीले समाजवादी क्रान्तिको आधार तयार पार्न र त्यसका निमित्त जनमत निर्माण गर्न सकिने बताएका हुन्।

उनले मुल नीति विदेशी सहायतामा मात्र निर्भर हुने नभई आफ्नै पुँजी, आफ्नै जनशक्ति, सिप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम अघि सार्न जरुरी रहेको बताए। विश्वव्यापीकरणको परिस्थितिमा गैरसकारी संस्थाहरुलाई राज्यको प्राथमिकताका आधारमा नियमन, निर्देशन र परिचालन गर्ने हाम्रो नीति हुनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘सरकारले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिलाई प्राथमिकतासहित राजनीतिक, आर्थिक, सामाजिक जीवनका क्षेत्रमा सकारात्मक प्रयास ल्याउन संघर्ष गरिरहेको छ। भर्खरै मात्र नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। समाजवादको आधार तयार पार्ने सन्दर्भमा हाम्रो पार्टीले शान्तिपूर्ण प्रतिष्पर्धाका माध्यमबाट सरकार, सदन र सडकका सबै क्षेत्रबाट संघर्ष गर्ने नीति अख्तियार गर्दै आएको छ। यसका निम्ति सामाजिक क्षेत्रको भुमिका निर्णायक हुन जान्छ। हाम्रो मुल नीति विदेशी सहायतामा मात्र निर्भर हुने होइन, आफ्नै पुँजी, आफ्नै जनशक्ति, सिप र प्रविधिको प्रयोग गर्ने सोच, नीति र कार्यक्रम अघि सार्न जरुरी छ। विश्वव्यापीकरणको परिस्थितिमा गैरसकारी संस्थाहरुलाई राज्यको प्राथमिकताका आधारमा नियमन, निर्देशन र परिचालन गर्ने हाम्रो नीति हुुनपर्दछ।’

यस्तै, प्रधानमन्त्री दाहालले सामाजिक क्षेत्रलाई राजनीतिक र सामाजिक रुपान्तरण र समाजवादको लक्ष्यसँग जोड्ने प्रवृत्ति नै सही भएको बताए।

प्रकाशित: २५ जेष्ठ २०८१ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App