१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कोशीको नीति तथा कार्यक्रम आज

कोशी प्रदेश सरकारले आज आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ।

आज अपराह्न ४ बजे बस्ने प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।  

आजको बैठकमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ।

सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको कारण देखाउँदै प्रदेश सभाको बैठक बहिष्कार गरेको कांग्रेस आजदेखि उपस्थित हुने भएको हो।

आज बस्ने दलको बैठकबाट निर्णय गरेर बैठकमा सहभागी हुने तयारी भइरहेको कांग्रेसले जनाएको छ।

प्रकाशित: २१ जेष्ठ २०८१ १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App