१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसद् विन्दवासिनी कंसाकारले चाँडो न्याय पाउनुहुन्छ: कानुनमन्त्री गिरी

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले एसिड पीडित सांसद विन्दवासिनी कंसाकारले अदालतको फैसला बमोबिजम पाउनुपर्ने रकमको प्रक्रिया फाइल आगाडि बढेको बताएका छन्।

सङ्घीय संसद् प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समितिमा आज बसेको छलफल कार्यक्रममा मन्त्री गिरीले एसिड पीडित सांसद कंसाकारले चाँडो न्याय पाउनुपर्ने बताए। नेपालमा एसिड आक्रमणबाट पीडितको क्षतिपूर्ति सम्बन्धमा गरिएको छलफल कार्यक्रममा उनले राज्यले यस्तो संवेदनशील विषयमा तुरुन्तै पीडितलाई क्षतिपूर्ति दिनुपर्नेमा जोड दिए। 

उनले भने, 'म यस विषयमा गम्भीर छु, जति सक्दो छिटो न्याय दिलाउन कोसिस गर्नेछु।'

सांसद् विन्दवासिनीले पीडित भएको ११ वर्षसम्म पनि अदालतले फैसला गरेअनुसारको क्षतिपूर्ति पाउन नसकेको गुनासो गरिन्। उपचारका क्रममा परिवारले घरबारै बेचेको र आफ्नो परिवारको बिचल्ली भएको उल्लेख गरिन्। छलफलका क्रममा बैठकमा उपस्थित सांसदहरुले पीडितलाई क्षतिपूर्ति दिन ढिलासुस्ती गर्न नहुने बताए।

सांसद शान्ति विकले कानुन बनाउने थलोमै भएर पनि पीडित सांसदले समयमै न्याय पाउन नसकेको गुनासो गरे।

सांसद रोशन कार्कीले राज्यले पीडित सांसद विन्दवासिनीलाई  क्षतिपूर्ति तुरुन्तै दिनुपर्ने बताए।

अधिवक्ता यज्ञमणी न्यौपानेले एसिड घटनाका कानुनी पक्षबारे जानकारी गराए। फैसला कार्यान्वयन निर्देशनालय एवं पीडित राहत कोषका सदस्य सचिव सूर्यवंश शर्मा कँडेलले चालू  आर्थिक वर्षमा कोषबाट ६९ पीडितले रु ९८ लाख २५ हजार क्षतिपूर्ति प्राप्त गरेको जानकारी दिए। कोषमा रकम अभाव भएको उनले बताए।

महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले एसिड पीडित सांसदले चाँडो न्याय पाउनुपर्ने बताए। 

प्रकाशित: १७ जेष्ठ २०८१ १७:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App