३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सेना र प्रहरीको नेतृत्व निर्वाचनबाट सम्बोधन गर्नुपर्छः सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले न्यायपालिका, संवैधानिक आयोग, सेना र प्रहरीको नेतृत्व सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई छनौट गर्नुपर्ने बताएका छन्।

आईतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि संशोधन राख्दै सांसद सुवालले न्यायपालिका, संवैधानिक आयोग, सेना र प्रहरीको नेतृत्व सम्बन्धित क्षेत्रबाट निर्वाचन गराई छनौट गर्नुपर्ने बताएका हुन्।

उनले नेपालीको विदेशमा सम्पत्ति राख्न नपाउने र व्यक्तिको सम्पतीको सिमांकन गर्नुपर्ने बताए। उनले सुगौली सन्धी, गोर्खा भर्ती, सन् १९५० को सन्धी, महाकाली सन्धी, फुकोट–कर्णाली सन्धी, एमसिसी, बिमस्टेक र सौर्य गठबन्धन सम्झौता खारेज गर्नुपर्ने बताए।  

प्रकाशित: १३ जेष्ठ २०८१ १३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App