१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता अमेरिकाका लागि मार्गदर्शक सिद्धान्त: अमेरिकन दूतावास

नेपालस्थित अमेरिकी दूतावास (US Embassy) ले प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता अमेरिकाका लागि मार्गदर्शक सिद्धान्त रहेको बताएको छ।

बुधबार सामाजिक सञ्जालमा दूतावासले आफूलाई अझ परिपूर्ण बनाउनका लागि मुलुकमा प्रेस स्वतन्त्र मार्गदर्शक सिद्धान्त हुने औँल्याएको हो।

दूतावासले भनेको छ, 'कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ।'

अगाडि आफ्नै देशको उदाहरण दिँदै राजदूतावासले ‘अझ परिपूर्ण मुलुक’ बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जबाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्त रहेको बताएको छ।

मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकता प्रकरणमा पक्राउ परेका थिए। सिरोहिया पक्राउ परेको एक दिनपछि बुधबार कूटनीतिक भाषा प्रयोग गर्दै  दूतावासको यस्तो प्रतिक्रिया आएको हो।

सिरोहिया पक्राउविरुद्ध अहिले राजनीतिक दल, पत्रकार सङ्घ(सङ्गठनदेखि सञ्चार गृहहरू देखिएका छन्। अहिले सिरोहिया धनुषा जिल्ला अदालत पुर्‍याइएका छन्।

प्रकाशित: ९ जेष्ठ २०८१ १२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App