१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

दलीय सहमति नभएर संवैधानिक संकट उत्पन्न नहोस्ः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँगको छलफलमा  राजनीतिक दलहरूबिच सहमति नहुँदा संसद्का बिजनेस प्रभावित हुने देखिएको बताएका छन्।

मंगलबार सभामुखको कार्यकक्षमा भएको छलफलमा उनले सभामुख– दलहरूबिच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था राम्रो नभएको पनि बताएका छन्।

उनले भने, 'सभामुख– दलहरूबिच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरू र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो होइन। राजनीतिक दलहरूबिच सहमति नहुँदा संसद्का बिजनेस प्रभावित हुने देखिएको छ। संवैधानिक सङ्कट हुने अवस्था नआओस्।' 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी प्रमुख सचेतक सुशीला थिङले आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा सहयोग गर्ने बताइन्। त्यसपछि भने संसद् अवरुद्ध गर्ने उनको भनाइ छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक सन्तोष परियारले आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्ने माग राखे। 

प्रकाशित: १ जेष्ठ २०८१ १३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App