२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

विश्वासको मत लिने तयारीमा कोशीका मुख्यमन्त्री कार्की

कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन्।

आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले मुख्यमन्त्रीले विश्वासको मत लिने आजको कार्यसूचीमा रहेको जानकारी दिए।

आजको बैठकअघि पुनः कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामखु विष्टले जानकारी दिए।

कार्की वैशाख २७ गते तेस्रो पटक मुख्यमन्त्री बनेका थिए।

यअसघि, आइतवार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोशी सरकारबारे अदालतमा मुद्दा विचाराधिन रहेकाले मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिन नहुने बताएका थिए। तर, सत्तारूढ दलहरू एमाले र माओवादी केन्द्रले भने आज नै  विश्वासको मत सम्बन्धी प्रस्ताव लिने कार्यसूची तय गर्नुपर्ने बताएको थियो।

प्रकाशित: ३१ वैशाख २०८१ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App