२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकार छोड्ने विषयमा जसपा नेपालले केन्द्रीय समितिको बैठकबाट निर्णय गर्ने

जनता समाजवादी पार्टी, नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने तयारी गरेको छ।

आज मधेस प्रदेश सरकारबाट एमाले र  माओवादी केन्द्र बाहिरिएपछि जसपा नेपालले दाहाल नेतृत्वको सरकारबाट बाहिरिने तयारी गरेको हो।

जसपा, नेपालका प्रवक्ता मनीष सुमनले सोमबार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकबाट पछिल्लो राजनीतिक परिस्थितिका विषयमा बैठकबाट निर्णय लिइने जानकारी दिए।

उनले भने, 'आज त्यस्तो बैठक बसेको होइन। पार्टी कार्यालयमा नेताहरुबीच छलफल मात्र भएको हो। भोलि बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्दै छ। त्यहाँबाट पछिल्लो राजनीतिक परिस्थितिका विषयमा निर्णय हुन्छ।'

यता प्रधानमन्त्री पुष्पकमल दाहालले जसपाबाट उपप्रधान एवं स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादवलाई सरकार छाड्न निर्देशन दिइसकेका छन्।  

प्रकाशित: ३० वैशाख २०८१ १९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App