२३ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिएको राजीनामा स्वीकृत

नेपाली नोटमा नयाँ नक्सा छाप्ने विषयमा विवादित अभिव्यक्ति दिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन्।  

राष्ट्रपति पौडेलले स्पष्टिकरण सोधेपछि नेपालले राष्ट्रपतिको सल्लाहकार पदबाट राजीनामा दिएका हुन्। राष्ट्रपति पौडेलले आजै राजीनामा स्वीकृत गरिसकेका छन्।

नेपालले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयबारे सञ्चार माध्यममा विवादित टिप्पणी गरेका थिए । त्यसपछि उनको आलोचना भइरहेको थियो।

आलोचना हुन थालेपछि राष्ट्रपति पौडेलले नेपालसँग स्पष्टिकरण सोधेका थिए। जसमा नेपालले आफूले राष्ट्रपतिको सल्लहकारको नाताले नभइ नेपाल राष्ट्र बैंकको पूर्व गभर्नरको नाताले टिप्पणी गरेको जवाफ दिएका थिए।

‘उहाँको त्यो जवाफबाट राष्ट्रपतिज्यु सन्तुष्ट हुनसक्नुभएन। त्यसपछि उहाँकै सुझावका आधारमा राजीनामा दिनुभएको हो,’ राष्ट्रपति कार्यालयस्रोतले भन्यो।

वैशाख २० गते मन्त्रिपरिषद बैठकले एक सयको नयाँ छाप्ने नोटमा कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा राख्ने निर्णय गरेको थियो।

सल्लाहकार नेपालले सञ्चार माध्यमसँग प्रतिक्रिया दिँदै भारतसँग सीमा समस्याबारे औपचारिक वार्ता भइरहेका बेला यसो गर्नु गलत हुने टिप्पणी गरेका थिए।

प्रकाशित: ३० वैशाख २०८१ ११:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App