१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसको समर्थनमा नाउपाका लक्ष्मण चौधरीको मुख्यमन्त्रीमा दाबी

सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी पेश गर्न नाउपाका लक्ष्मणकिशोर चौधरीसहित, काँग्रेस र राप्रपाका सांसद। तस्विर: पुष्पराज/नागरिक

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्।

नेपाली कांग्रेससहितको समर्थनमा नाउपाका लक्ष्मण किशोरले मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुख कार्यालय पुगेका हुन्। 

नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसद गरी बहुमत सांसदको समर्थन रहेको उनले बताएका छन्।

सरकारमा मुख्यमन्त्रीका लागि २९ सांसदको समर्थन सहितको हस्ताक्षर संकलन भइसकेको नेपाल कांग्रेसका प्रदेश सभाका प्रमुख सचेतक विक्रम धामीले बताए।

उनीसँगै नेपाली कांग्रेसका सांसदहरु, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपाका सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेका छन्। नेकपा एकीकृत समाजवादीका ४ र नागरिक उन्मुक्ति पार्टीका २ सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेका छैनन्।

नागरिक उन्मुक्ति पार्टीमा रेशम चौधरी पक्षका ४ सांसद नेपाली कांग्रेससहितको सरकार बनाउने पक्षमा रहँदै आएका थिए भने रन्जिता श्रेष्ठ पक्ष नयाँ गठबन्धनमा जाने अडानमा छन्। 

प्रकाशित: २ वैशाख २०८१ १४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App