१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

इलाम–२ मा रास्वपाबाट उम्मेदवार बन्न ६ जनाले दिए निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनका लागि प्रारम्भिक उमेदवारको नामावली प्रकाशन गरेको छ।

बुधबार रास्वपाका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालले ६ जना आकांक्षीको नाम सार्वजनिक गरेका हुन्।

पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा भाग लिन गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्र कुमार थापा, मान बहादुर घिमिरे, मिलन लिम्बु र डा. शेषरमण न्यौपाने उम्मेदवारी दिएका थिए।

प्रारम्भिक उम्मेदवारी उपरको दाबी विरोध गर्ने समय भोलि दिउँसो १ बजेसम्म रहेकाे सचिव बरालले जानकारी दिए। आगामी वैशाख १५ गते इलाम–२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदै छ।

प्रकाशित: १४ चैत्र २०८० १९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App