१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

फाइल तस्बिर

आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्नेछ। बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ।

त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने बताइएको छ।

दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका सम्बन्धमँ छलफल हुनेछ।

प्रकाशित: ९ चैत्र २०८० ०८:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App