३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ठूलो आकारको बजेट ल्याउँदा टाउकोमा हात राख्नुपर्ने अवस्था आउँछः सांसद डा.महत

निःवर्तमान अर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले ठूलो आकारको बजेट ल्याउँदा दीर्घकालिन दायित्व सिर्जनाले अर्थमन्त्री वर्षमान पुनले टाउकोमा हात राख्नुपर्ने अवस्था आउने दाबी गरेका छन्।

बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै उनले यस्तो दाबी गरे।

उनले वर्तमान गठबन्धन सरकारले २१ खर्बको बजेट ल्याउने तयारी गरेको भन्दै असन्तुष्ट व्यक्त गरे। उनले ३० खर्बको बजेट ल्याउन अर्थमन्त्रीलाई शुभकामना दिँदै बजेट प्रस्ताव गर्ने काल्पनिक आम्दानीको स्रोत देखाउने,सबै ठाउँमा बजेट दिने र कार्यकर्ताले चाहेका मागहरुलाई वितरण गर्ने खालको नल्याउन सुझाव दिए। उनले यस्तो बजेट ल्याउँदा सबै केही क्षण खुशी भएको जस्तो देखिए पनि बजेटले गर्ने दीर्घकालिन दायित्व सिर्जना र घोषणा पूर्तिको बेलामा अर्थमन्त्रीले टाउकोमा हात राख्नुपर्ने स्थिति आउने दाबी गरे।

पार्टीको नेतृत्व गरेर अर्थमन्त्री भएर सरकारमा बस्दा एकलव्य दृष्टिकोण लिएर अर्थतन्त्रलाई सुधार गर्ने कामलाई प्राथमिकता दिएर काम गरेको बताए। उनले आफूले पार्टीलाई प्राथमिक भन्दा पनि देश र जनता प्राथमिकता दिएको दाबी गरे। पार्टीको पक्षमा पृष्ठपोषण गर्ने काम भन्दा पनि बजेटमा देखिएको बेथितिलाई थितिमा ल्याउने काम गरेको उनले दाबी गरे। उनले बजेटलाई थितिमा ल्याउन नसक्ने हो भने झन ठूलो अफ्ठ्यारोमा देश जाने उल्लेख गरे।  

२० खर्बको बजेट बनाउन सरकार लागेको भन्ने सुनेको भन्दै सरकारले सके २० खर्ब मात्रै नभई ३० खर्ब ल्याउँदा पनि फरक नपर्ने तर कार्यान्वयनमा समस्या हुने बताए। उनले सरकारलाई ३ खर्ब ३१ अर्ब रुपैयाँ यो वर्ष ऋण र साँवा भुक्तानी गर्नुपर्ने दायित्व रहेको बताए। उनले वर्तमान सरकारले आगामी बजेटमा ४ खर्ब ३५ अर्ब ऋण र साँवा भुक्तानी लागि छुट्याउनु पर्ने अवस्था रहेको बताए। 

प्रकाशित: ७ चैत्र २०८० १७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App