१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

प्याज र आलुमा भ्याट नलगाउनु: सांसद यादव

जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले प्याज र आलुमा मूल्य अभिवृद्धि कर (भ्याट)  नलगाउन अर्थमन्त्रीलाई आग्रह गरेका छन्।

बुधवार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बिषयमा भएको छलफल भाग लिँदै उनले यस्तो माग गरेका हुन।

‘अघिल्लो सरकारले प्याज र आलुमा भ्याट लगाएको थियो। यो सरकारले नलगाओस्’, सचेतक यादवले भने, ‘भ्याट लगाएको भने महँगो खान परेर गरिबी मर्छन्।’

उनले नेपालमा व्यक्तिगत प्रयोगको लागि मात्र प्याज उत्पादन हुने गरेको र ७५ प्रतिशत आलु भारतबाट आउने भएकाले सरकारले यसमा कुनै पनि कर लगाउन नहुने र लगाएमा त्यसको मार गरिबलाई पर्ने दाबी गरेका थिए। 

प्रकाशित: ७ चैत्र २०८० १४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App