२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नाउपाले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै राख्ने

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ।

आइतबार प्रदेशसभा संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको संसदीय दलको नेता घनश्याम चौधरीले जानकारी दिए। 

बैठकमा पाँच जना सांसदहरु सहभागी थिए। बैठकमा सहभागी भएका नाउपा सांसदहरु अहिले सरकारमा नै सहभागी छन्। प्रदेशसभा सदस्यहरु कैलाश चौधरी र टीका थापा भने बैठकमा सहभागी थिएनन्।

संसदीय दलको बैठकले गरेको निर्णय बैठकमा सहभागी नभएका सांसद्हरुले पनि मान्नुपर्ने चौधरीको भनाइ छ। 

प्रकाशित: ४ चैत्र २०८० १७:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App