२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सञ्चालकलाई जेल पठाएर सहकारीका वचतकर्ताको वचत फिर्ता हुन सक्दैनः कानूनमन्त्री गिरी

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका सञ्चालकको गल्तीले मात्रै सहकारीमा समस्या नआएको बताएका छन्।

बिहीवारबाट  काठमाडौंमा शुरु भएको राष्ट्रिय सहकारी महासंघको आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले यस्तो दाबी गरेका हुन्।

उनले सहकारीका सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको भन्दै राज्यले समयमा नियमन नगर्दा अहिलेको परिस्थिति आएको बताए। उनले सहकारीमा समस्या आएपनि समाधानको लागि राज्यले लिएको कार्यशैली गलत भएको बताए। कानूनमन्त्री गिरीले सहकारीबाट ऋण लिएर ठूूलाठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियामक निकाय रमिते बन्दा यस्तो अवस्था आएको उल्लेख गरे।

सहकारीको नियमन गर्न बसेका निकायहरुले राज्यबाट सुविधा लिने तर ठूलो समस्या आउँदा ध्यान नदिनेकुरा राम्रो पक्ष नभएको उनको भनाई छ। उनले आम जनताको वचतबाट ऋण लिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न जरुरी रहेको बताए। उनले ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै कतिपय ऋणीका कारण सहकारीहरु समस्यामा परेको बताए। उनले विधि,पद्धति,सहकारीका मूल्यमान्यता र सिद्धान्त भन्दा बाहिर गएर ऋण प्रवाह गर्नेलाई कानून बमोजिम कारबाही हुनुपर्ने बताए।

जुनसुकै हिसावमा सहकारीबाट लिएको ऋण ऋणीले तिर्नुपर्नेमा जोड दिए। सहकारीका सञ्चाललाई थुनेर मात्रै वचत फिर्ता नहुने भन्दै समयमै प्रभावकारी नियमन नहुँदा समस्या आएकाले समाधानको निम्ती पनि समय दिनुपर्ने उनको भनाई छ। उनले सञ्चालकलाई जेल पठाएर सहकारीका वचतकर्ताको वचत फिर्ता हुन नसक्ने धारणा राखे। उनले सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको बताए। 

प्रकाशित: १ चैत्र २०८० १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App