७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

घण्टौसम्म भाषण गर्न भन्दा एलिना चौहानको गीत गाइदिएको भए संक्षिप्त हुन्थ्यो:सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले ‘घण्टौँदेखि भाषण गर्न भन्दा एलिना चौहानको गीत गाइदिँदा खेरी संक्षिप्त हुन्थ्यो की’ जस्तो भन्दै व्यङ्ग्य गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले मागेको विश्वासको मतमा विभिन्न दलका नेताहरुले राखेको धारणाहरूप्रति उनले व्यङ्ग्य गरेका हुन। उनले आफ्नो धारणा राख्नुभन्दा अगाडी बुधवार संसदमा यस्तो व्यङ्ग्य गरेका हुन। ‘आज हामी सम्माननिय प्रधानमन्त्री विश्वासको मत माग्दा खेरी मत दिने की नदिने बिषयमा जम्मा भएका छौ । सोही क्रममा सबै दलका कुराहरु घण्टौसम्म सुन्याैं’, राउतले भने।

‘यस्तो लामो फेहरिस्त दिनै पर्दैन। यो गठबन्धन पटक–पटक बन्छन्, पटक–पटक भत्किन्छ।  तर यसबाट जनताले यसबाट के पाइरहेको छ? यो बहसबाट जनतालाई के लाभ भइरहेको छ? त्यता ध्यान दिन पाइरहेका छैनौ?’, राउतले भने।, ‘यसबाट दुई वटा प्रवृत्ति देखा परेको छ। निर्वाचनमा गठबन्धन गर्नु कति घातक छ भन्दा खेरी, एउटा छातीमा छर्रा भएको मान्छेले बुर्जुवालाई भोट हाल भन्नु, जसको घरमै हत्या भएको छ। हत्या गर्नेलाई नै भोट हाल्न भन्नु कति घातक छ भन्ने देखाइरहेको छ।’

उनले गठबन्धन रोक्ने कानुन ल्याउनु पर्ने र प्रधानमन्त्रीको निर्वाचन जनताको प्रत्यक्ष मतमा गर्ने व्यवस्था ल्याउन सुझाव पनि दिए। ‘शुभकामना दिन चाहन्छु नयाँ दलहरुलाई तर समर्थन दिन असमर्थ छौँ’, राउतले भने । 

प्रकाशित: ३० फाल्गुन २०८० १४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App