८ फाल्गुन २०८१ बिहीबार
image/svg+xml १८:२० अपराह्न
राजनीति

आन्दोलनका लागि परिस्थिति अनुकुल बन्दै छः अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले आन्दोलनका लागि परिस्थिति झनै अनुकुल बन्दै गएको बताएका छन्।

बुधबार पार्टी केन्द्रिय कार्यालयमा आगामी आन्दोलनका बारेमा प्रशिक्षण दिने क्रममा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

‘राप्रपाले आन्दोलन शुरु गरेदेखि अहिलेसम्म आइपुग्दा परिस्थिति झन भन्दा झन आफूहरुको लागि अनुकुल बन्दै आएको छ। अहिले आन्दोलनका लागि ठिक वातावरण बनेको छ।’ उनले भने।

अहिलेको व्यवस्था नै असफल भइसकेको दाबी गर्दै यो व्यवस्था रहेसम्म सुशासन, विकास र समृद्धिको कल्पना गर्न नसकिने उनको भनाइ थियो।

उनले राप्रपाको व्यवस्था परिवर्तन मुल मुद्दा रहेको उल्लेख गरे।

प्रकाशित: २३ फाल्गुन २०८० १६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App