२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद र संसदीय समिति पेपरलेसमा जानुपर्छ: सांसद पन्थ

राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले संसद र संसदीय समिति पेपरलेसमा जानुपर्ने बताएका छन्।

बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पेपरलेसमा जानुपर्ने आवश्यकता भइसकेको बताएका हुन्। 

उनले सांसदहरुको भुमिका संसदप्रति जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए। कागजका पाना बोकेर हामी हिँड्नु उचित नहुने उनको भनाइ छ। उनले संसद र समितिले सूचना प्रविधिको प्रयोगलाई बढी भन्दा बढी प्रयोग गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘सांसदहरुको भुमिका संसदप्रति जिम्मेवार र जवाफदेही बनाउनुपर्छ। संसदीय निगरानीका दृष्टिले प्रत्यक्ष स्थानीय तहमा दर्जनौँ पटक पुगेका छौँ। सभा समितिहरु अब अलिकति स्मार्ट हुन आवश्यक छ। पेपरलेस हुन जरुरी छ। कागजका पाना बोकेर हामी हिँड्नु हुँदैन अब। सूचना प्रविधिको प्रयोगलाई बढी भन्दा बढी प्रयोग गर्न आवश्यक छ। सचिवालयलाई पेपरलेस नै बनाउनतिर जानुपर्छ भन्ने सुझाव दिन्छु। दुई कोठा कागजपत्र भइसक्यो कहाँ लैजाने भन्ने चिन्ता छ। पेपरलेसमा हामी अब जानुपर्छ।’

प्रकाशित: १७ फाल्गुन २०८० १४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App