१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेवि संघमा गुट विवाद तीव्र

सत्तारूढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) पार्टीभित्रको गुट विवादको झमेलामा फसेको छ। एक दशकदेखि नियमित महाधिवेशन गर्न नसक्दा तदर्थवादमा चल्दै आएको संघमा केन्द्रीय समितिको बैठकका विषयमा समेत विवाद भएको हो।

पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापननिकट संघका अध्यक्ष दुजाङ शेर्पाले मनोमानी ढंगले संगठन चलाएको भन्दै इतर पक्षका विद्यार्थी नेताहरूले मंगलबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक बहिष्कार गरेका छन्। इतर समूहअन्तरर्गत डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापा पक्षका विद्यार्थी अलग्गै भेला र पत्रकार सम्मेलन गरेका छन्।

संस्थापन इतरका विद्यार्थी (शेखर र गगन) पनि दुई समुहमा विभाजित भएको निकटको दाबी छ। अध्यक्ष शेर्पाले पार्टी कार्यसम्पादन समितिको निर्णय उल्लंघन गरेर जिल्ला अध्यक्ष मनोनीत गरेको आरोप इतर पक्षको छ। पार्टीको जिल्ला नेतृत्वसँग पनि कुनै परामर्श नगरी नेतृत्व तोक्ने काम गरेको आरोप लगाउँदै आएका छन्।

तर देउवा निकट संघका नेताहरू भने कमलादीमा भेला भएर बैठकको उद्घाटन गरेका छन्। बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्मा सहभागी हुने भनिएको थियो। उनी सहभागी भएनन् तर, बैठकमा कांग्रेसका अन्य केन्द्रीय सदस्यहरू सहभागी भएका थिए।

संगठन विस्तारसहितका कामका लागि भन्दै बोलाइएको संघको केन्द्रीय समितिको बैठक बुधबारदेखि कीर्तिपुरमा बस्ने जनाइएको छ।

प्रकाशित: १६ फाल्गुन २०८० ०७:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App