१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसले गर्‍यो नयाँ सांसदलाई स्वागत

नेपाली कांग्रेस संसदीय दलले कांग्रेसका वहालवाला राष्ट्रिय सभा सदस्य र नवनिर्वाचित राष्ट्रिय सभा सदस्य बिच परिचयात्मक भेटघाट तथा अन्तरक्रिया गरेको छ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार दिउँसो नवनिर्वाचित राष्ट्रिय सभाका सदस्यहरूलाई राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझीले स्वागत गरेका हुन्।

कार्यक्रममा वहालवाला राष्ट्रिय सभा सदस्य कमला पन्त, माननीय अनिता देवकोटा, माननीय कृष्णप्रसाद पौडेल, माननीय दुर्गा कुमारी गुरुङ, माननीय नारायणदत्त मिश्र र माननीय युवराज शर्माले संसदीय अनुभवको जानकारी गराएका थिए।

निवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना, विष्णु देवी पुडासैनी, जीतजंग बस्नेत, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णु कुमारी सापकोटा, कृष्णबहादुर रोकाया र बलदेव बोहराले मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको भूमिका विषयमा धारणा राखे। उनीहरूले राष्ट्रिय सभाको गरिमालाई उच्च राख्ने, कानून निर्माणमा सक्रियता साथै जनताका माग र अपेक्षा सम्बोधन हुने गरी निष्ठाका साथ कार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: १३ फाल्गुन २०८० १८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App