२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सांसद गोठाला होइनन्, समितिको बैठक क्यालेण्डरअनुसार बस्नुपर्छ: सुनिल शर्मा

फाइल तस्बिर

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले समितिको बैठक क्यालेण्डरअनुसार चलाउन माग गरेका छन्।

शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। 

उनले समितिको बैठक समिति सभापतिलाई मन लागेको दिन बोलाउने काम भएको भन्दै आपत्ति जनाए। उनले समितिको बैठक सञ्चालन सम्बन्धी क्यालेण्डर सांसदहरुलाई दिनैपर्ने बताए। उनले नेपाली नागरिकको पक्षमा कानून बनाउने हो भने महिनामा कति दिन काम गर्ने निश्चित गरेर बैठक बोलाउन माग गरे।

उनले भने, ‘विद्यालयमा हुँदा पनि यो पिरियडमा यो पढाइ हुन्छ भन्नेकुरा थाहा हुन्थ्यो। सांसद भएर आइयो र समितिको बैठक कहिले हुन्छ भन्नेकुरा हामीलाई यहाँबाट खटाएर एसएमएस गरेपछि लुगाफाटा लगाएर हत्तपत्त नुहाइधुवाई गरेर आउनुपर्ने स्थिति छ। कि त मतदान गरौँ, कि त यो उत्तर कोरियाको पाल्र्यामेण्ट हो भन्नुपर्छ, होइन भने मेजेरिटीको इन्ट्रेसलाई एड्रेस गर्नुपर्छ। बुझ पचाएर बस्न पाइँदैन। तपाईंले क्यालेण्डर दिनैपर्छ। आज यसको उत्तरु पनि दिनुपर्छ, क्यालेण्डर दिने की नदिने, नदिने भए किन? कि त हामीलाई तिमीहरु कमलरी हौ भन्नुपर्‍यो नत्र हामीले जे भन्यौँ त्यसो गर्नुपर्छ, तिमीलाई हामी क्यालेण्डर दिँदैनौँ, आउ तिमीहरु भन्नुपर्छ। नत्र हामीलाई गर्ने व्यवहार हलि गोठाको जस्तो जति बेला बोलायो, त्यति बेला आइदिनुपर्ने, अनि महिनाभर क्यालेण्डर नदिने । यो हुनु हुँदैन। नेपाली नागरिकको पक्षमा कानून बनाउने हो भने महिनामा कति दिन काम गर्ने निश्चित गरौँ। कति बेला समिति बस्छ भनेर रुँगेर बस्ने हो।’

प्रकाशित: ११ फाल्गुन २०८० १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App