५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस महासमिति बैठक: कसले के भने ?

ललितपुरको गोदावरीमा नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि जारी छ। अहिले बैठकमा आएका प्रतिवेदनबारे महासमिति सदस्यहरूले छलफल गरिरहेका छन्। 

यस्तो छ महासमिति सदस्यहरूको भनाइ:

सन्तोष सुब्बा, तेह्रथुम 

एक निर्वाचन क्षेत्र भएको जिल्लाहरूमा जिल्ला कार्यसमिति भित्र आमन्त्रित सदस्य मात्र विधानले व्याख्या गरेको छ। यो अविलम्ब परिमार्जन गर्नुपर्छ। महासमिति र महाधिवेशन पदेन सदस्य बनाइनुपर्छ। गठबन्धन गर्ने या नगर्ने भन्ने विषय वर्तमान चलिरहेकाे सरकार, अहिले कांग्रेस पार्टीले गरेको सार्वभौमता अनुरूप सरकार चल्छ। अब आउने निर्वाचन पछि कांग्रेस आफ्नो जगमा उभिनुपर्छ। एक्लै सामना गर्नुपर्छ। अहिलेको सत्ता साझेदारीको विषयमा लिएर यसमा प्रश्न गर्नुपर्ने छैन। गठबन्धन गर्नुहुँदैन प्रस्ष्ट धारणा मेरो।

कांग्रेसले ८ पटक देशको नेतृत्व गरेको छ। ऐतिहासिक नेतृत्व गरेको छ। हाम्रै नेतृत्वमा संविधान जारी भएको छ। कांग्रेसमा बसेर संविधानमा प्रश्न उठाउने ? यसलाई स्थापित र बलियो बनाउन र प्रादेशिक सरकारलाई बलियो बनाउन लाग्नुहोस्। मुलुक अर्थतन्त्र र आर्थिक अवस्थाले नागरिकको दैनिकीमा आफट्यारो अवस्थामा छ। कांग्रेसको अर्थ मन्त्रालय छ, कृषि कर्जा रोकिएको अवस्था छ, यसलाई तुरुन्त अर्थमन्त्री खोल्नुपर्छ। लागू गर्नुपर्छ।

कृषि सहरकारी वित्तीय सहकारी र उत्पादनमुखी सहकारीलाई विशेष व्यवस्था गनुपर्छ , यो बैठकले। ८२ मा महाधिवेशन हुनै पर्छ। नभए ८४ मा निर्वाचन हुन्छ, कांग्रेसमा यसले अन्तरघात गराउँछ। त्यसकारण समय ग्याप गर्न पनि समयमै महाधिवेशन गर्नुपर्छ। 

केशव पाण्डे, झापा

गठबन्धनको विषयमा प्रतिवेदन छ। यो गठबन्धन गरेर सरकारमा छौँ। उहाँहरू बसेर निर्णय गरेको हो। भविष्यमा गर्ने नगर्ने विषयमा महाधिवेशन पश्चात् आउने कार्यसमितिलाई दिनुपर्छ। अहिलेको गठबन्धनलाई खलबल पार्ने र अन्योलमा पुराउने काम गर्नुहुँदैन।

गाउँमा निर्वाचन जित्न नसकेर केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुनन् भन्ने आरोप छ। यसपटक यसलाई चिर्न सक्नुहुन्छ ? हामी के आस गरौँ ? यत्रो ठूलो पार्टीमा महिला सहभागिता कम छ, सबै तहमा एक एक पदाधिकारी थप गरेर जाने विषयमा जानुपर्छ।

कोशी प्रदेशको विषयमा राष्ट्रिय सभामा गोप्य मत गर्दा पैसा खाएर लालच वा ईर्ष्याले ? किन मत गएन ? यसमा छानबिन गर्ने कि नगर्ने ? यसरी छाड्ने भए कांग्रेस कता जान्छ ? यसमा सरकार बन्ने भन्दैमा कोशीमा सरकार बन्न मिल्ने कि नमिल्ने ? यसमा छलफल हुनुपर्छ।

खुल्ला अर्थतन्त्रलाई अघि बढाउने कि खुम्चिएको अर्थनीति लिएर जाने ? यसमा विज्ञ अर्थशास्त्रीहरूलाई राखेर काम गर्नुपर्छ।

पुष्पकुमार शाही, डोटी

क्रियाशील सदस्यता नवीकरण एकै पटक महाधिवेशन पूर्व सन्ध्यामा नवीकरण हुन्छ। यसले समस्या निम्त्याएको छ। त्यसकारण प्रत्येक वर्ष नवीकरण गरियोस्।

महिलाहरूलाई नेपाली कांग्रेसको केन्द्रीय समितिमा यो महासमितिबाट महिलालाई उपसभापति वा महामन्त्रीको पद थप गरियोस् अनिवार्य गरियोस्। भातृ संस्थाहरूको आवधिक निर्वाचन गरियोस्। ६ महिना म्याद थप्ने काम गरेर झारो नटारियोस्।

जबसम्म प्रत्यक्ष निर्वाचन प्रणाली बनाउँछौँ तबसम्म गठबन्धन रहन्छ। त्यसैले गठबन्धन गर्दा मत घट्छ नगर्दा अग्रजहरूले टिकट पाउँदैनन्। गठबन्धन आवश्यकता हेरेर गर्नुपर्छ। धर्म संस्कार हो, संस्कृति हो पहिचान हो। हिन्दु धर्मलाई एजेन्डाको रूपमा पारित गर्नुपर्छ।

फुलमति राजवंशी, झापा

नेपाली कांग्रेसको विधान संशोधन र रुपान्तरण गरिरहँदा आदिवासी जनजाति कोटालाईमा समावेशी बनाउनुपर्छ। आदिवासी जनजातिलाई एउटै क्याटोगोरी हैन छुटाछुटै परिभाषा गरियोस् र सबैको प्रतिनिधित्व समावेश गरियोस्। राजवंशी समुदायको नेतृत्व छ, यसलाई निर्णायक तहमा ल्याउन भूमिका खेलोस्।

महिलाहरूलाई प्रमुख पदमा पनि ३३ प्रतिशतमा अनिवार्य हुनुपर्छ। यो विधान अनुरोध हुन्छ। पहुँचको आधारमा विकासको योजना नजाओस्।

पदम अधिकारी, अछाम

प्रस्तावहरूमा तालमेल भएको छैन। यसले राम्रो गरेन। गठबन्धन परिस्थितिजन्य कुरा हो। हाम्रो नीतिको विषय बन्नु उङ्दैन। आवश्यकतामा भर पर्छ। दस्तावेजीकरण गरेर जानुपर्छ। महिला दलित पिछडिएका समुदायकाे विषय प्रस्तावमा आएन ठोस् प्रस्ताव बनाएर ल्याउनुपर्छ।

भिमबहादुर साउद, डडेलधुरा

गठबन्धनको विषय अहिले नीतिमा हाल्नुपर्दैन। परिस्थितिले दिलाउने कुरा हो। आत्मनिर्भरता बन्नुपर्ने अवस्था छ, कृषि खनिज कुरा छ। १२ कक्षा पढेपछि विदेश जानुपर्छ भन्ने सोच छ। यो खतरा हो। यसले विकृति निम्त्यो। उद्योग धन्दा खोलेर युवा रोक्न सकेन भने समस्या निम्त्याउँछ। नेताको वरिपरि भएका मान्छेले पाउने गाउँमा बसेर संगठन गर्ने लाई खै अवसर ? यसरी कसरी हुन्छ ?

हामी तीन तहको सरकारमा हुँदा हामीबिच कोर्डनिसेन छैन। पार्टीसँग पनि छैन। यसमा पनि ध्यान दिनुपर्छ। कम्तीमा हामी आपसमा नजुधौँ। हाम्रो वर्ग शत्रु भनेको गरिवी अशिक्षा हो। यसमा एक ढिक्का भएर जानुपर्छ।

सितारामा मेहेता

कृषि नीतिमा कांग्रेसको धारणा स्पष्ट हुनुपर्छ। रासायनीक मलखाद किन खोल्न नसकेको र ? व्यवसायीक शिक्षा हुनुपर्छ। अर्बौँ शिक्षाको नाममा पैसा विदेशीएको छ। यहाँ विश्वविद्यालय हुँदा विदेश अध्ययन गर्न जान्छौँ। शिक्षा नीति कांग्रेसको स्पष्ट हुनुपर्छ।

कति किसिमको औषधी भन्छौं। यसतर्फ ठोस नीति अख्तियार गर्नुपर्छ। पार्टी विधि र विधानमा चल्नुपर्छ।

नागेन्द्र कुमाल, इलाम

म यस्तो समुदायको मान्छे जसले बिस्तारै बोले कसैले सुन्दैन साह्रो बोले अतिवादी हुन्छ। म आदिवासी जनजातिको छोरो हो।

बाहिर ढोका अगाडी कांग्रेस ल्याएको संविधानको घाँटी रेट्ने काम भइरहेकाे छ। नीति प्रस्तावमा मात्र आदिवासी जनजातिको कुरा आएकाे छ। आज संविधानमा अपुरो छ , पहिचानको मुद्धासँग जोडिएको विषय कोशीमा छ, अतिवादी भन्न मिल्दैन। अरूले बोके इलाम क्षेत्र नम्बर २ मा निर्वाचन हुन खोजेको छ। भूगोल र क्षेत्र र समुदाय हेरेर टिकट दिइनुपर्छ।

किसानको मेरुदण्ड भाँच्न खोजेको छ, दूध बिक्न छोडेको छ, चिया बिक्न गाह्रो छ दूधमा ढुसी आउन थालेको छ। यसमा कांग्रेसले सोच्ने कि नसोच्ने ? कांग्रेस बोल्ने कि नबोल्ने ? 

विजय स्वार, कैलाली

महाधिवेशन पश्चात् नयाँ कमिटी आउँछ। त्यसले निक्यौल गरोस्। अहिले गठबन्धनको विषयमा छलफल गन जरुरी छैन।

रमेशजंग रायमाझी, माेर

निर्वाचन लड्ने बेलामा सबैलाई गठबन्धन चाहियो टिकट नपाएपछि खराब हुने ? राष्ट्रिय सभा अध्यक्षको पद खालि हुँदैछ।

कांग्रेसलाई संवैधानिक परिषद् सदस्य बनाउनुपर्छ भनेर कुरा अघि बढिरहेको बेलामा गठबन्धन तोड्ने भनेको के हो ? कांग्रेसले त्यो गुमाउन खोजेको हो ? सबैको लगानी छ। जो पटक पटक पद पाएको छ त्यसैलाई पद पुगेको छैन, उसैलाई अहिले निर्वाचित भएर गठबन्धन तोड्नु परेको छ। गठबन्धन अहिलेको आवश्यकता हो। एउटा नेताले शेरबहादुरले गरेको मात्र गठबन्धन हैन। गठबन्धन आवश्यक नभएका भए नयाँ नेतृत्वलाई निर्णय गर्न दिँदा हुन्छ अहिले ८४ र ८२ भनेर हिँड्ने ?

हिजो मात्र कम्युनिस्टहरू एक हुँदैछन्। ओठ मुख सुकाउने अवस्था भोली नबनोस्। राष्ट्रिय सभा अध्यक्ष गुमाउने काममा पार्टी नलागोस्।

लोकराज अवस्थी, सुप उपसभापति

महाधिवेशन यति वर्षमा हुने उल्लेख छ, किन यहाँ ८२ मा अधिवेशन गनुपर्छ भन्ने करा आयो। एक वर्ष थपेर भएपनि अक्षरस विधान पालना गर्दा हुन्छ।

गठबन्धनको कुरा गर्ने भए समय र परिस्थितीको कुरा हो। देश र परिस्थिति अनुसार गठबन्धन हुन्छ। ७४ मा भएको निर्वाचनमा १६५ निर्वाचन क्षेत्रमात्र हैन स्थानीयमा मात्र आफ्ना मान्छे टिकट नपाएकाले हराउन मिहेनत गरेका छन्। यो व्यवहारिक कुरा हो। व्यवहारमा गठबन्धन गर्ने अवस्था आए गर्ने सक्षम भए नगर्ने। त्यसकारण यो प्रस्तावमा ल्याउनु पर्दैन। उम्मेदवार सिफारिस गर्दा दक्ष र विज्ञ भनेको छ लोकप्रिय पनि यसमा समावेश गर्नुपर्छ। लोकप्रिय थपौँ।

विक्रमसिंह धामी, दार्चुला

महामन्त्री प्रतिवेदन ल्याएजस्तो कांग्रेस छैन। कुन साथीलाई गठबन्धन लड्ने मन नभएकाले नलड्ने। गठबन्धन गरेर लड्ने साथीको कमी छैन। कांग्रेस दुर्गति सिस्टममा नचल्नु हो। यसमा पनि त्यही भयो।

भीम रावल, कैलाली 

हिन्दु राष्ट्र कायम होस् भनेर बुँदा थपियोस्। थुवा समेट्न र स्वरोग बनाउन स्थानीय अवस्थामा रोजगारी अवसर र १५ लाख स्थानीय सरकारले दिने वातावरण बनोस्। अब कुनै पनि पदमा दुई पटक भन्दा अवसर दिनु हुँदैन। यो पास होस्।

प्रकाशित: ९ फाल्गुन २०८० १९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App