गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता अनुकूलका कानून निर्माणमा ढिलाइ नगर्न संघीय सरकारलाई दबाब दिएका छन्।
मुख्यमन्त्री पाण्डेले संविधानमा व्यवस्था गरे अनुसार संघीय सरकारले पर्याप्त कानून बनाइदिँदा आफूहरुले सरकारजस्तो भएर काम गर्न नसकेको गुनासो समेत गरे।
शनिबारबाट पोखरामा सुरु भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो वार्षिक महासभामा बोल्दै उनले संघीयता अनुसार तीन वटा तहको सरकार बनेपनि संघीय सरकारले समयमै कानून निर्माण नगरीदिँदा प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो भइरहेको उल्लेख गरे।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले अहिले पनि संघीयतासम्बन्धि कानून निर्माण गरी अधिकार हस्तान्तरण गर्न संघीय सरकारसँग लडाई गरिरहनुपरेको जिकिर गरे।
मुख्यमन्त्री पाण्डेले जग्गा प्राप्तिको अधिकार समेत आफूहरुले नपाएकाले सो सम्बन्धी काम गर्न सक्ने अवस्था नरहेको समेत बताए।
प्रकाशित: २७ माघ २०८० १५:३७ शनिबार