१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

रविकाे प्रश्न: पत्रकारहरूले कलम अमुक दल र नेताको पाउँमा समर्पित गरेका त छैनन्!

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकारहरूले दल र नेतालाई बचाउन पत्रकारहरूले आफ्नो कमल, माइक्रोफोन र क्यामेरा तीनै नेताको पाउमा समर्पित त गरेका छैनन्? भन्दै प्रश्न गरेका छन्।

‘अमुक दललाई बचाउन, या कुनै अमुक नेतालाई सघाउन हाम्रो अत्यन्त शक्तिशाली कलम र माइक्रोफोन र क्यामेरा उसको पाउँमा त समर्पित त गरेका छैनौ। के हामी अमुक सञ्चार उद्यमीहरूको स्वार्थ पूर्ति गर्नका लागि पत्रकारिता जस्तो पवित्र पेसालाई उनीहरूको आवेशमा चढाइरहेका त छैनौ’, मंगलवार आयोजित रफत सञ्चार क्लबको १४ औँ वार्षिक उत्सव कार्यक्रममा उनले भने,‘मैले आशंका व्यक्त गरेको हो। आरोप र आक्षेप लगाएको होइन। लाक्षना लगाएको होइन।’

उनले पत्रकारिता र दलगत आवद्घसहितको पत्रकारिता एकै ठाउँमा रहन नसक्ने बताए। ‘आजको चुनौतीमा दलको सेवा र पत्रकारिताको सेवा एउटै ठाउँमा जान गाह्रो हुन्छ। त्यो ब्यालेन्स कोही साथीहरूले मिलाइरहनु भएको छ भने मेरो सलाम छ’, सभापति लामिछानेले भने।

उनले दलप्रतिको विश्वास आस्था र सक्रियता कायम राखेर वा केही अमुक नेतासँगको साथ, सामिप्यता र सम्बन्ध कायमै पत्रकारिता गर्न निकै कठिने हुने बताएका थिए। यस्तो कठिनाइका बाबजुद पनि निष्पक्ष पत्रकारिता गरिरहेका पत्रकार साथीहरूलाई सलुट गर्ने पनि बताए।

‘दलीय आवद्घताबाट पत्रकारितालाई मुक्त गर्नुपर्छ। हामीले कुनैपनि भातृ संगठनको परिकल्पनानै गरेका छैनौ’, लामिछानेले भने, ‘दलगत पत्रकारिताको प्रश्न अत्यन्त कमजोर हुन्छ। कमजोर प्रश्न लोकतन्त्रका लागि अत्यन्त घातक हुन्छ।’

‘हामीले लेखेका देखाएका, सुनाएका सामग्रीले गर्दा हाम्रो परिचयपत्र, ज्याकेट लुकाउनुपर्ने परिस्थिति तर्फ त गइरहेका छैन। आम सञ्चार क्षेत्र ननै सिकार त भएको छैन। आम मानिसको विश्वासबाट टाढा गइरहेको त छैन?’, उनले भने।

प्रकाशित: २३ माघ २०८० ११:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App