५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

संक्रमणकालिन न्यायसँग सम्बन्धित विधयेकको विषयमा सांसदहरुसँग कानून मन्त्रीको छलफल

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा कानून, न्याय तथा मानव अधिकार समितिका सांसदहरुसँग छलफल गरेका छन्।

मन्त्री गुरुङले सोमवार कानून, न्याय तथा मानव अधिकार समितिका सांसदहरुसँग अनौपचारिक रुपमा संक्रमणलिन न्यायसँग सम्बन्धित विधेयकको सम्बन्धमा छलफल गरेका हुन्।

छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई टुंगोमा पु¥याउनका लागि सरकारको तर्फबाट भइरहेका कसरतहरुको बारेमा जानकारी गराएका थिए। छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कानून, न्याय तथा मानव अधिकार समितिका सदस्य महेश बर्तौलाले मन्त्री गुरुङले प्रश्तुत गर्नुभएको कसरतहरु सकारात्मक रहेको बताए। उनले आफूहरुले पीडितमैत्री कानून बनाउने कुरामा जोड दिएको पनि बताए। उनले असहमतिका विषयहरुलाई टुंग्याउने कार्ययोजना ल्याउनेगरी छलफल भएको जानकारी दिए। यो विषय टुंग्याउनका लागि शिर्ष नेताहरुको तहमा पनि छलफल आवश्यक भएको भन्दै आधारभुत रुपमा एउटा तयारी गरेर अगाडी बढ्ने विषयमा कुरा भएको उनले बताए।

उनले भने, ‘पीडितले न्याय पाउनुपर्छ । पीडितले न्याय नपाउनेगरी बनाउने कानूनको सान्दर्भिकता हुँदैन। त्यसकारण हाम्रो आजको छलफलमा पनि जोड के रह्यो भने सरकारको तर्फबाट पीडितमैत्री कानुन बनाउने कुराको ग्यारेन्टी होस्। त्यही बमोजिमका प्रावधानहरुको सुनिश्चितता गरियोस्। पीडितमैत्री कानून निर्माण गर्ने पक्षमा असहमति भएका विषयलाई टुंग्याउनेगरीको कार्ययोजना ल्याओस् भन्नेगरी छलफल भयो। छलफल सकारात्मक भएको छ। निरन्तर छलफल गरेर अगाडी बढाउने भनेर निस्किएका छौँ। शिर्षस्थ नेताहरुका बीचमा पनि छलफल चलाउनुपर्ने हुन्छ। आधारभुत रुपमा एउटा तयारी गरेर अगाडी बढ्ने र छिटो टुंग्याउनुपर्छ भन्ने कुरा भएको छ। सरकार यदी सहमतीका साथ पीडितमैत्री कानून बनाउनका लागि तयार भयो भने यसले गति प्रदान गर्छ । टुंगिएर अगाडी बढ्छ भन्ने लाग्छ।’

प्रकाशित: २२ माघ २०८० १५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App