१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

महासमिति बैठक सम्पन्न गर्न सभापति देउवाले तोके ८ जना संयोजक (को–कुन उपसमितिमा ?)

नेपाली काँग्रेसले आगामी फागुन ७ गतेबाट सुरु हुने भनिएको महासमिति बैठक तयारीका लागि संयोजकहरू चयन गरेको छ। 
 
महासमिति बैठक तयारी मूल समितिका संयोजक एवं पार्टी सभापति शेरबहादुर देउवाले आइतबार उपसमितिका संयोजकहरू चयन गरेका हुन्। 
 
नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार ८ जना संयोजकहरू चयन भएका छन्। 
 
यी हुन् सभापति देउवाले चयन गरेका संयोजकहरू:
 
१.प्रचार प्रसार उपसमितिस् मीनबहादुर विश्वकर्मा
२.आवास समन्वय उपसमिति: मदनबहादुर अमात्य
३. भोजन व्यवस्थापन उपसमिति:  उदय शम्शेर राणा
४.यातायात व्यवस्थापन उपसमिति:  धना खतिवडा
५. स्वयंसेवक परिचालन उपसमिति:  जीतजंग बस्नेत
६. स्वास्थ्य समन्वय उपसमिति: उर्मिला नेपाल के.सी.
७.प्रदेश समन्वय उपसमिति:  इन्द्रबहादुर बानियाँ
८. स्थानीय व्यवस्थापन उपसमिति:  जितेन्द्र श्रेष्ठ (जिल्ला सभापति, ललितपुर)

प्रकाशित: २१ माघ २०८० १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App