२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

बसाइसराइ रोक्न गाउँघरमै उद्योग विस्तार गरौं: मन्त्री राणा

लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज थापा (रोज राणा) ले बसाइसराइ रोक्न गाउँघरमै उद्योगहरु विस्तार गर्नुपर्ने बताएका छन्।

उनले पहाडी क्षेत्रमा बसाइसराइ तीव्र बनेको उल्लेख गर्दै त्यसलाई रोक्न पहाडी इलाकामा उद्योगहरु खोल्नुपर्नेमा जोड दिए। 

अर्घाखाँचीको शितगंगा नगरपालिकामा शुक्रबारदेखी सुरु भएको ‘शितगंगा महोत्सव’ को उद्घाटन गर्दै मन्त्री राणाले पहाडी गाउँमा बढ्दो बसाइसराइ रोक्न यो क्षेत्रमा घरेलु उद्योग सञ्चालन गर्नुपर्ने बताएका हुन्। 

गाउँमा बसेर उद्योग सञ्चालन गरिरहेका तथा उद्योग विस्तार गर्न चाहने युवालाई लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

नेपालको सबैभन्दा ठूलो नगरपालिका शितगंगाको प्रचार–प्रसार र उद्योग स्थापनामा नगरपालिकाले कार्यक्रम बनाए प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।

प्रदेश सरकारहरू अधिकारप्राप्त भई नसकेका र केन्द्र सरकारले कानुन निर्माणको काम नसकेकाले प्रदेश सञ्चालनमा कठिनाइ भइरहेको उनले बताए। पछिल्लो समय प्रदेश विघटन गर्नुपर्ने आवाज उठिरहेको भन्दै मन्त्री राणाले परीक्षण गर्न नपाउँदै निर्णयमा पुग्नु उचित नहुने जिकिर गरे।

शितगंगा नगरपालिकालाई व्यावसायिक तथा पर्यटकीय हिसाबले राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा चिनाउन, नगरमा स्थापित भएका घरेलु तथा कृषिबाट उत्पादित वस्तुको प्रवर्द्धन गर्न महोत्सव आयोजना गरिएको शितगंगा उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तराज अधिकारीले बताए।

शुक्रबारदेखी सुरु भएको महोत्सव माघ २३ गतेसम्म चल्नेछ।

प्रकाशित: १३ माघ २०८० ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App