१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई विश्वमा प्रवर्द्धन गर्न आवश्यक: राष्ट्रपति

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्ग्यानिक खाद्य बस्तुहरू सिधै तारे होटेलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन्।

होटेल सङ्घ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस २०२४’ मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवर्द्धन गर्न आवश्यक रहेको बताए।

उनले ग्राहकहरूको रूची  र चाहनाअनुसारको खाद्यान्न होटेल व्यवसायीहरू आफैँले कृषि फर्म स्थापना गरेर उत्पादन गर्न सकिने अथवा किसान स्वयंलाई पर्यटक र ग्राहकहरूको रूचीअनुसारको खाद्यान्न उत्पादन गर्न प्रेरित गर्दै व्यवसायीले किसानसँग सम्झौता गरेर 'फार्म टु प्लेट' को अवधारणा अघि बढाउन सुझाव दिए।

राष्ट्रपति पौडेलले नेपालको होटेल क्षेत्रले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताए। .उनले भने, ‘सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटेल व्यवसायीहरूको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु।’  

प्रकाशित: २ माघ २०८० ११:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App