coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश ६ को नाम कर्णाली, राजधानी सुर्खेत

सुर्खेत – प्रदेश नम्बर ६ को नाम कर्णाली र राजधानी सुर्खेतको वीरेन्द्रनगर कायम गरिएको छ। शनिबारको संसद बैठकले प्रदेशको नाम र राजधानीको टुङ्गो लगाएको हो।

प्रदेशको नाम कर्णाली राख्न नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले प्रस्ताव गरेका थिए भने नेपाली कांग्रेसका सचेतक दिनवन्धु श्रेष्ठ, नेकपा माओवादी केन्द्रका गणेशप्रसाद सिंह र राप्रपाकी सोशीला शाहीले समर्थन गरेका थिए।

यस्तै सुर्खेतको वीरेन्द्रनगरलाई राजधानी बनाउनका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रस्ताव गरेका थिए। एमाले सांसद अम्मरबहादुर शाही र माओवादी केन्द्रका सांसद नरेश भण्डारीले समर्थन गरेका थिए। 

प्रकाशित: १२ फाल्गुन २०७४ १०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App